माघ दोस्रो हप्तासम्म शैक्षिक संस्था बन्द गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव 


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघको दोस्रो हप्तासम्म शैक्षिक संस्था बन्द गर्न प्रस्ताव गरेको छ ।

आज बस्ने मन्त्रिपरिषद्‌को बैठकमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले स्वास्थ्य मन्त्रालयले माघको दोस्रो हप्तासम्म शैक्षिक संस्था बन्द गर्ने प्रस्ताव पेश गर्न लागेको हो । तर, विशेष कारणवस मन्त्रीपरिषद वैठक बस्न सकेन ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई कोरोना संक्रमण भएको तथा प्रधानमन्त्री शेर बहादुर देउवा र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की आइसोलेसनमा बस्नु पर्ने अवस्था आएको छ ।

काठमाडौं उपत्यकाका सिडिओहरु पनि कोरोना नियन्त्रण तथा रोकथामका लागि छलफलमा छन् । यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शैक्षिक संस्था बन्द गर्नुका साथै भिडभाड हुने ठाउँमा कडाईं,  २५ जना भन्दा बढी भेला हुन नदिने, स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाईका साथ पालना गर्न लगाउनेलगायतका प्रस्ताव स्वास्थ्य मन्त्रालयले तयार पारेको हो ।

मन्त्रालय उच्च स्रोतकाअनुसार मन्त्रिपरिषद्को आजैको बैठकबाट उक्त निर्णय गराउने गरी प्रस्ताव तयार गरिएको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाले माघ दोस्रोहप्तासम्म शैक्षिक संस्था बन्द गराउने प्रस्ताव पेश गर्दैछन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ