भ्याक्सिन कार्ड भए कोरोनामा निस्फिक्री !


काठमाडौं । सरकारले कोभिडविरुद्धको भ्याक्सिन कार्ड देखाउनेलाई कोरोना फैलिएपनि निस्फिक्री छोड्ने प्रस्ताव गरेको छ ।

कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र(सीसीएमसीसी)ले भ्याक्सिन कार्ड हुनेलाई । होटल, रेष्टुरेन्ट, सिनेमा हल, पार्कलगायतमा भ्याक्सिन कार्ड देखाएर प्रवेश गर्न दिने प्रस्ताव गरेको छ ।

सीसीएमसीसीको निर्णयअनुसार अब भ्याक्सिन कार्ड हुनेलाई कार्यालय, होटेल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्कलगायतमा प्रवेश गर्न दिइने छ ।

मोबाइलमा फोटो खिचेर भ्याक्सिन कार्ड साथमा राख्नेलाई त्यस्ता स्थानमा प्रवेश गर्न दिने प्रस्ताव गरेको हो । भ्याक्सिन कार्ड नहुनेलाई भने त्यस्ता स्थानमा प्रवेश नदिइने सीसीएमसीसीको निर्णय छ ।

कोरोनाको संक्रमण तीब्र रुपमा फैलिरहेपनि माघ ७ गतेदेखि मात्र  उक्त निर्णय लागू हुने भएको हो ।

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जना भन्दा बढी भेला हुन नदिने, माघ दोस्रो हप्तासम्म शैक्षिक संस्था बन्द गर्ने लगायत मन्त्रिपरिषद्मा प्रस्ताव लाने तयारी गरेको छ । मन्त्रिपरिषद्ले स्वास्थ्य प्रस्ताव स्वीकृत गरे माघ दोस्रो हप्तासम्म शैक्षिक संस्था बन्द हुनेछन् ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ