माघ १५ सम्म शैक्षिक संस्था बन्द


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माघ १५ गतेसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ दोस्रो हप्तासम्म शैक्षिक संस्था बन्द गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लाने निर्णय गरेसँगै शिक्षा मन्त्रालयले पनि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माकाअनुसार शैक्षिक संस्था माघ १५ सम्म बन्द गर्ने निर्णय गरिएको जानकारी दिए ।

कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को सिफारिस बमोजिम शैक्षिक संस्था बन्द गराउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उक्त निर्णय गरेको हो।

सीसीएमसीसीले आधारभूत र माध्यमिक तहका विद्यालयमा १५ माघसम्म बिदा दिन तथा विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित परीक्षा मापदण्ड पालना गरेर मात्र सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको छ । त्यही अनुसार शिक्षा मन्त्रालयले निर्णय गरेको हो ।

मन्त्रालयको प्रेस विज्ञप्ति

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ