प्रधानमन्त्री कार्यालयका सचिव ढुंगाना आइसोलेसनमा


काठमाडौं ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव शिशिरकुमार ढुंगानामाथि कोरोना संक्रमण भएको आशंका गरिएको छ ।

प्रधानमन्त्री कार्यालय उच्च स्रोतकाअनुसार ढुंगानालाई कोरोना संक्रमण भएकोले कार्यालय आएका छैनन् । उनी होम आइसोलेसनमै बसेको प्रधानमन्त्री कार्यालय उच्च स्रोतले स्वास्थ्य लाइभलाई बतायो ।

प्रधानमन्त्री शेरबहादुर देउवा र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की आइसोलेसनमा बसेसँगै सिंहदरबारभित्र कोरोना भुसको आगोझैं फैलिएको  आशंका गरिएको छ । सिंहदरबारभित्र उच्च पदस्थ कर्मचारी आउनै छाडेका छन् । प्रधानमन्त्री कार्यालयका सचिव ढुंगानालगायत उच्च पदस्थ कर्मचारी कार्यालय आएका छैनन् ।

कोरोनाले सिंहदरबारभित्रका ‘भिआईभी’हरूबीच आतंक मच्चाएको छ । प्रधानमन्त्री कार्यालयदेखि अन्य मन्त्रालयमा कोरोनो त्रासले कर्मचारी नै आउन छाडेपछि काम कारबाही समेत प्रभावित बन्न थालेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ