वीरका प्रमुख डा. बस्नेत भन्छन्, ‘बिरामीको चाप बढिरहेको छ’,


काठमाडौं । कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का निमित्त प्रमुख कार्यकारी अधिकारी डा.भुपेन्द्र बस्नेतले कोरोना भाइरसको संक्रमित बिरामीको चाप बढेको बताए । आज रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले बिरामी बढेकोले आवश्यक तयारी गरेको बताए ।
उनले भने, ‘अहिले केही मात्रामा कोभिडका बिरामी बढेको देखिएको छ । यो हप्ताको गतिलाई हेर्दा बढेको देखिन्छ । सबै अस्पतालमा बिरामीको संख्या बढेको छ र सबै तयारी गरेका छौ ।’
संक्रमणको संख्या बढ्दै जाँदा तयारीलाई सरकारले तिव्रता दिएको उनले स्पष्ट पारे । वीर अस्पतलामा उनले वीर अस्पतालमा १ सय वटा आइसीयु, १ सय वटा एचडियु, ३ सय वटामा अक्सिजनको सुविधा र २ वटा अक्सिजन प्लान्ट छ तयारी अवस्थामा राखिएको जानकारी दिए ।
कोभिडको तयारीको बारेमा बिभिन्न चरणमा बैठक गरिरहेको जानकारी दिँदै उनले वीर अस्पतालको सर्जिकल भवनमा ५ सय बेड क्षमताको कोभिड अस्पतालको तयारी गरिरहेको बताए । उनले सबैलाई कोभिडबाट बाँच्न सामाजिक दूरी कायम गर्न, मास्कको प्रयोग गर्न, भिडभाडमा नजान, सभा सम्मेलन नगर्न पनि आग्रह गरे ।
कोभिड नियन्त्रणको लागि सरकारले खोप अगाडि बढाएको बताउँदै उनले सबैलाई खोप लगाउन समेत आग्रह गरे । मन्त्रालयको अहिलेको प्राथमिकतामा खोप र बिरामीको उपचार गर्ने भएको पनि बस्नेतले स्पष्ट पारे । कोरोनाको धेरै भेरियन्ट परिवर्तन भइराख्ने हुनाले डेल्टा भन्दा बढी ओमिक्रोन ट्रान्समिसन द्रुत गतिमा भइरहेको उनले बताए ।
जस्ले खोप लगाएका छन् यसको संक्रमण कम र खोप नलगाएकाहरुमा ओमिक्रोनको प्रभाव बढी देखिएको उनले जानकारी दिए । बस्नेतले ६० वर्ष माथिकालाई सबैभन्दा पहिला बुस्टर डोज दिने मन्त्रालयले तयारी गरेको जानकारी दिए । पछिल्लो समयमा सबै अस्पतालले आफ्नो क्षमता अभिवृद्धि गरेर आइसीयु, भेन्टिलेटर संख्या थप गरेको उनको भनाई थियो ।
अब कोरोनाको भयावह अवस्था नआउला भन्दै उनले आफू सचेत हुने र अरुलाई सचेत गराउन आवश्यकता रहेको औंल्याए । हरेक भाइरसको न्युटेशन नर्मल प्रक्रिया हो भन्दै उनले कुनै न्युट्रेसनले सिथिल बनाउँछ भने कुनैले आक्रामक बनाउने बताए । काठमाडौंमा सबै बिरामीलाई धान्न सक्ने अस्पतालको क्षमता बढाएको उनले स्पष्ट पारे । मन्त्रालयले अक्सिजनको अवस्था पहिला भन्दा धेरै राम्रो तयारी रहेको समेत बताए ।
नेपाल सरकारले तोकेको कोभिड–१९ सेन्ट्रल अस्पताल वीर अस्पताल भएको बताए । सरकारले तोकेका उपत्यकामा १३ वटा कोभिड अस्पताल रहेको जानकारी दिँदै उनले प्रदेशमा सातवटा कोभिड अस्पताल रहेको बताए । बिरामीको चाप र आवश्यकताको आधारमा अस्पताल थप भएर जाने समेत उनले बताए ।

ओमिक्रन चाँडो फैलिइरहेछः डा. रमेश आचार्य

भाइरसविज्ञ डा.रमेश आचार्यले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन डेल्टा भेरियन्ट भन्दा एकदमै चाँडो फैलिइरहेको बताए ।  ओमिक्रोन डेल्टा भेरियन्ट भन्दा एकदमै चाँडो फैलिइरहेको उनको भनाइ छ । ‘ओमिक्रोन डेल्टा भेरियन्ट भन्दा एकदमै चाडो फैलिएको छ । पत्ता लागेको डेढ महिनामा धेरै देशमा पुगिसकेको छ,’ उनले भने ।

नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाएको मध्ये पनि कति प्रतिशत एन्टीबडी उत्पादन भयो त्यो कसैलाई थाहा नभएको भन्दै उनले खोप लगाएकाहरु पनि सचेत हुनपर्ने बताए ।

ओमिक्रोन भेरियन्ट अहिले संसार भरीमा भेरोसिल्ड खोप भन्दा फाइजर, जोनसोन र मोर्डना खोपमा कम असर देखिएको डाटा उल्लेख गरे । ज–जसले दोस्रो डोज लगाएका सबैले तेस्रो डोज ‘बुस्टर’ लगाउन पर्ने डा.आचार्यले सुझाव दिए ।

अन्य देशमा २ वर्ष देखि ११ वर्ष मुनिका उमेर समुहका धेरै बालबालिकाले खोप लगाएको भन्दै उनले नेपालका बालबालिकाहरुलाई पनि तुरुन्तै खोपको व्यवस्थापन गर्न सरकारसँग आग्रह गरे । ओमिक्रोन र डेल्टा भेरियन्ट मिक्स भएर आएमा अहिले लगाएको खोपले काम नगर्ने उनको भनाई थियो ।

धेरै देशमा ओमिक्रोन भेरियन्टका खोकी लाग्ने, नाकबाट पानी, धेरै ज्वरो र घाँटी दुख्ने जस्ता लक्षणहरु देखिएको पनि जानकारी दिए । पछिल्लो समयमा खोपको कारण बिरामीहरुलाई आइसीयु र भेन्टिलेटरमा जानबाट जोगाएको समेत उनले जिकिर गरे ।

उनले नेपालमा कन्ट्याकट्रेसको राम्रो जाँच नभएको भन्दै उनले भारत र नेपालको बोर्डरमा कडाई नभएको समेत गुनासो गरे । अन्तराष्ट्र्रिय बोर्डरबाट आउने यात्रुहरुलाई १४ दिन निगरानीमा राख्न पर्ने धारणा राखे । मास्क, सामाजिक दुरी कायम, स्यानीटायजरको प्रयोग गरेर भाइरसबाट जोगिन सबैलाई आग्रह गरे । नेपालीहरुले आफ्नो परिवारमा कसैको मृत्यु नभएसम्म रोगसँग नडराउने प्रवृत्ति रहेको पनि सुनाए ।

उनले ओमिक्रोनको नियन्त्रण लकडाउन मात्र नभएको बताए । लकडाउन गरेर आफ्ना जनतालाई सुरक्षित राख्न सकको देश चाइना मात्रै भएको बताउँदै डा.आचार्यले अरु देश लकडाउनमा असफल भएको बताए । ओमिक्रोन डेल्टाभन्दा कम संक्रामक भएको कारण मृत्युदर कम हुने उनको भनाई थियो । ओमिक्रोन फैलनमा सरकार र राजनीतिक दलहरुको हात भएको आरोप लगाए । उनले भने,‘ठुला पार्टी सबैले महाधिवेशन गरे, महाधिवेशनकै कारण आज ओमिक्रोन फैलिएको हो । यो फैलनूमा पार्टी पनि जिम्मेवार छन् ।’ महाधिवेशनमा केन्द्रीत सरकारले स्वास्थ्यमा ध्यान नदिएको उनले आरोप लगाए । २ हप्ताअगाडी नै स्मार्ट लकडाउन गर्न पर्ने उनले जोड दिए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ