बालबालिकामा फैलिँदै कोरोना, स्कुलबाटै खोप दिइँदै


काठमाडौं । कोभिड-१९ को तेस्रो लहर नेपालमा पनि फैलिंदै गएको देखिन्छ । पहलो र दोस्रो लहर भन्दा तीव्र गतिमा बढ्ने अनुमान गरिएको कोरोनाले काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालदेखि विभिन्न मन्त्रालयका सचिव र उच्च तहका कर्मचारीलाई भेटिसकेको छ ।

उच्च सरकारी अधिकारीहरु मात्र होइन कोरोनाको तेस्रो लहरबाट बालबालिका उच्च जोखिममा परेका छन् । दैनिक सयौंको संख्यामा १८ वर्षमुनिका बालबालिकामा कोरोनाको संक्रमण देखिन थालेपछि सरकारलाई व्यवस्थापनमा चुनौती देखिन्छ ।

अस्पतालहरुमा संक्रमित बालबालिकाहरुको संख्या ह्वात्तै बढेको पाइन्छ । बालबालिका लक्षित शय्याको व्यवस्थापन र खोप विवरणलाई चुस्त दुरुस्त बनाउँदा बालबालिका बढी चपेटामा पर्ने अवस्था आएको छ ।  आजदेखि बालबालिकालाई स्कुलमै खोप केन्द्र स्थापना गरी खोप दिने सरकारको तयारी छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ