वीर अस्पतालको प्रमुखमा डा. लोहनी, औषधी व्यवस्था विभागमा भट्टराई


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही महत्वपूर्ण जिम्मेवारी हेरफेर गरेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, अन्तर्गतको कोभिड-१९ युनिफाइड केद्रीय अस्पताल ,वीरको प्रमुख प्रशासकीय अधिकारीमा डा. गुणराज लोहनीलाई पठाएको छ । उनी प्रमुख विशेषज्ञ हुन् । वीर अस्पताल प्रमुख प्रशासकीय अधिकारी बाह्रौं तहको दरबन्दी कायम गरिएपनि कोही जान मानेको थिएन । अहिले भने डा. लोहनीलाई वीरमा पठाउने निर्णय भएको छ ।

औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराइलाई पठाएको छ । वर्तमान महानिर्देशक नारायणप्रसाद ढकाललाई प्रयोगशालामा पठाइएको छ । विभागको महानिर्देशकमा भट्टराई र ढकालबीच लुकामारी चलेको छ । कहिले भट्टराई त कहिले ढकाल विभागको महानिर्देशक हुँदै आएका छन् ।

त्यस्तै राष्ट्रिय क्षयरोग केन्द्रमा श्रीराम तिवारीलाई पठाइएको छ । केन्द्रमा कार्यारत डा. प्रकाश साहलाई कर्णाली प्रदेश पठाइएको छ । त्यस्तै एड्स तथा यौनरोग नियन्त्रण केन्द्रकी निर्देशक डा. सुधा देवकोटालाई केन्द्रीय कारागार पठाइएको छ । डा. देवकोटाको ठाउँमा डा. सञ्जय ठाकुरलाई पठाइएको कर्मचारी प्रशासन शाखाले जनाएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ