बिचैमा किन हराउँछन गर्भवती ?


काठमाडौं । सरकारी तथ्यांकअनुसार हरेक वर्ष ६ लाख बढी महिलाहरु गर्भवती हुने गरेका छन् । सरकारको तथ्यांकलाई आधार बनाउँदा २० वर्षमुनि र माथिका गरी बि.स २०७६ साउनदेखि ०७७ असारसम्म ६ लाख ८३ हजार ४ सय ९ जना महिला गर्भवती भएका छन् । उनीहरु मध्ये ५ लाख ७५ हजार ६ सय १८ जना २० वर्ष भन्दामाथि उमेर समूहका छन् । यता २० वर्ष भन्दा कम उमेरका १ लाख ७ हजार ७ सय ९१ जना किशोरी गर्भवती भएका छन् ।

२० वर्ष भन्दा माथिका गर्भवती दोस्रो पटक गर्भ जाँच गराउन आउँदा ३ लाख ६३ हजार ८ सय ८० जना मात्रै आएका छन् । गर्भ बसेको चार महिनाको अवधिमा २ लाख ११ हजार ७ सय ३८ जना हराएका छन् ।  प्राटोकल अनुसार चारपटक स्वास्थ्य जाँच गराउँदा २ लाख ८१ हजार ४ सय ५८ जना हराएका छन् । यस अवधिमा २ लाख ९४ हजार १ सय ६० जनाले मात्रै चार पटक स्वास्थ्य जाँच गराएका छन् ।

उता २० वर्ष भन्दा कम उमेरका दोस्रोपटक स्वास्थ्य परिक्षण गराउँन जादा ३८ हजार ९५ जना घटेका छन् । ‘तथ्यांक अधिकृत पुष्कर बिजुक्षे भन्छन्, ‘०७६/०७७ मा २० वर्षमुनिका १ लाख ७ हजार ७९१ जना गर्भवती भएकोमा दोस्रो पटक परिक्षण गराउँन आउँदा ६९ हजार ६ सय ९६ जना मात्रै आएका छन् । चार महिनाको अवधिमा ३८ हजार ९५ जना २० वर्ष मुनिका गर्भवती महिला सम्पर्क बिहीन भएका छन् ।’

स्वास्थ्य सेवा विभागका तथ्यांक अधिकृत पुष्कर बिजुक्षे भन्छन् यसरी नियम अनुसार गर्भ जाँच गराउन नआउँदा गर्भवती महिलाले पाउने औषधि, भिटामीन, टिटनासको सुई, आइरन च्चकी, जुकाको औषधि मात्रै नपाउने हैन बच्चा जन्माउने प्लानिङ समेत हुँदैन ।

मातृ सुरक्षामा पहिलोपटक जाँच गराएको संख्या सोही अनुपातमा चार पटक सम्म आउँनु पर्छ । केही संख्या फरक पर्न सक्छ तर, दुई लाख फरक पर्नु सामान्य कुरा हैन । मातृ सुरक्षा कार्यक्रममा राज्यको लगानी ठूलो छ । तर, यो कार्यक्रम प्रभावकारी नदेखिएकाले यसमा राज्यको ध्यान केन्द्रित हुन आवश्यक देखिएको उनको भनाइ छ ।

प्रसूति सेवा दक्ष प्रसुतीकर्मीबाट (एसबिए) स्किल बर्थ अटेन्डेन्स अनमिले दुईमहिना तालिम लिएपछि एसबिए हुन्छ । दक्ष प्रसूतिकर्मीबाट गराएको सुत्केरी मात्रै राम्रो मानिन्छ । दक्ष प्रसुतीकर्मीबाट सुत्केरी गराएको संख्या ३ लाख ९७ हजार ५८८ रहेको छ । घरमा सुत्केरी गराउँदा मातृ मृत्यु बढी हुन्छ । तर, अझैपनि २ हजार ७ जनाले घरमा सुत्केरी गराएका छन् ।

दक्ष स्वास्थ्यकर्मी भन्दा बाहिरबाट सुत्केरी गराउनेहरु २२ हजार ३५० जना छन् । घरमा २ हजार ५ सय ४ जनाले गराएका छन् । बिजुक्षे भन्छन् यो अत्यन्तै जोखिम हो । त्यसैले घरमा हुने डेलिभरीलाई शुन्यमा पुर्याउनुको विकल्प छैन ।

नेपाल सरकारको नीति पनि त्यही हो । सन् २०१६ को जनसांख्यिक स्वास्थ्य सर्वेक्षणले अझै पनि ४२ प्रतिशत डेलिभरी घरमा भएको देखाएको । सन् २०३० सम्ममा संस्थागत डेलिभरी ९० प्रतिशतमा पुर्याउने सरकारको लक्ष्य रहेको छ । यही अवस्थामा त्यो चुनौतीका रुपमा देखा परेको छ ।

२० प्रतिशत शल्यक्रिया सरकारी रिर्पोट अनुसार यस बिचमा ४ लाख २६ हजार ६३४ जम्मा डेलिभरी भएको थियो । जस मध्ये ८६ हजार २०९ जनाको शल्यक्रियामार्फत बच्चा जन्माइएको थियो । यो कुल डेलिभरीको २० प्रतिशत शल्यक्रिया हो । विश्व स्वास्थ्य संगठनकाअनुसार जम्मा अनुमानित डेलिभरीको ५ प्रतिशत मात्रै शल्यक्रिया हुनुपर्ने प्रावधान रहेको छ । तर नेपालको सन्दर्भमा १५ प्रतिशत बढी छ ।

वर्षमा ७६ जना तिम्ल्याहा बच्चा जन्मिए एक वर्षमा ७६ जना तिम्ल्याहा र ३४ सय ८४ जना जुम्ल्याहा बच्चा जन्मिएका छन् । तथ्यांक अनुसार २५ सय ८० जना आमाले ३ हजार ४ सय ८४ जना जुम्ल्याहा शिशुलाई जीवित जन्म दिएका छन् । त्यस्तै ६४ जना आमाले ७६ जना तिम्ल्याहा शिशुलाई जीवित जन्म दिएका छन् ।

जुम्ल्याहा जीवित जन्ममा १८ सय ६३ महिला र १६ सय २१ पुरुष रहेका छन् भने, तिम्ल्याहा जन्ममा ३३ महिला र ४३ पुरुष रहेका छन् । एकल बच्चा जन्माउने आगामहरु ४ लाख १ हजार ७ सय ७८ जना रहेका छन् । उनिहरुले १ लाख ९३ हजार ३८१ जना महिला र २ लाख १७ हजार ५५ पुरुषलाई जन्म दिएका छन् ।

जन्म तौल

नवजात शिशुको सामान्य तौल २ दशमलब ५ केजी वा सो भन्दा माथि हुनुपर्छ । सामान्य अवस्थाका ३ लाख ४८ हजार ३ सय ९१ जना जन्मिएका छन् । १ सय ५० ग्राम देखी २ सय ५० ग्राम तौल भएका शिशुको संख्या ४४ हजार २ सय ५ रहेको छ ।

त्यसैगरी धेरै कम अर्थात् १ सय ५० ग्राम भन्दा मुनीको ८ हजार ९ सय १४ जना रहेका छन् । कम तौल भएका शिशु धेरै अपाङ्ग जन्मिएको सरकारी तथ्यांकले देखाएको छ । आमालाई पोषण कम भएकाले बच्चाहरु कम तौल भएका जन्मिएका हुन् ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ