कोरोना संक्रमित लगातार उकालो लाग्दै, आजै ३ हजार नाध्यो


काठमाडौं ।  कोरोना संक्रमितको संख्या लगातार बढिरहेको सरकारी तथ्यांकले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो रेकर्डअनुसार पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ७५ मा कोरोना पुष्टि भएको छ ।

मंगलबार २ हजार ४ सय ४४ जनामा कोरोना पुष्टि भएकोमा बुधबार त्यो संख्या ह्वातै बढेर ३ हजार ७५ पुुुुुगेको हो । गत २१ गतेदेेेखि नेपालमा कोरोना संक्रमितको संख्या लगातार रफ्तारमा बढिरहेको देखिन्छ ।

शनिबार अगाडि हजारभन्दा मुनि रहेको कोरोना संक्रमितको संख्या बुधबार ३ हजार नाघेेको हो । शनिबार ९ सय ४४, आइतबार, ११ सय ६७, सोमबार १४ सय ४६, मंगलबार २४ सय ४४ हुँदै कोरोना संकमितको उक्त संख्या बढेर ३ हजार ७५ पुगेको हो । बुधबार दुई जना व्यक्ति कोरोना संकमणको कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तो छ कोरोना संक्रमितको बढ्दो अवस्था

२१ गतेः ४३५

२२ गतेः ५४०

२३ गतेः ९६८

२४ गतेः ९४४

२५ गतेः १,१६७

२६ गतेः १,४४६

२७ गतेः २,४४४

२८ गते:३,०७५

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ