कोभिडलाई नटेर्ने टेकु अस्पतालको भीड(भिडिओसहित)


काठमाडौं । नेपालमा कोभिड-१९ को संक्रमण तीव्र गतिमा फैलिरहेको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले २५ जनाभन्दा बढी भेला नहुन आदेश जारी गरेको छ । सरकारले खोप कार्डलाई अनिवार्य गर्दै लगेपछि र खोप केन्द्रको उचित व्यवस्थापन गर्न नसक्दा भीडभाड बढेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको भीड हेर्दा कोभिडलाई नै फैल्याउन राखिएको जस्तो भान हुन्छ । टेकु अस्पताल परिसरमा खोप लगाउनका लागि लागेको लाइन र भीडभाडले कोरोना संक्रमण फैलने उच्च जोखिम छ । यसअघि व्यवस्थित रुपमा सञ्चालन हुँदै आएको टेकु अस्पतालको खोप केन्द्र अस्पताल व्यवस्थापन फेरिएसँगै अस्तव्यस्त बनेको देखिन्छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ