करारका स्वास्थ्यकर्मीको म्याद ३ महिना थप्न अनुमति


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करारका स्वास्थ्यकर्मीको करार अवधि तीन महिना थप्नका लागि अनुमति दिएको छ ।

स्वास्थ्य सचिवस्तरको निर्णयानुसार करारमा भर्ना भएका स्वास्थ्यकर्मी/कर्मचारीहरुको करार अवधि आवश्यकता अनुसार २०७८ माघ महिनादेखि बढीमा ३ महिनासम्म थप्न सकिने जानकारी गराइएको छ ।

मन्त्रालयले पत्रचार गर्दै कोभिड १९ को रोकथाम तथा उपचार गर्न स्वीकृत दरबन्दी अनुसार कुनै रिक्त भएमा तत्काल जनशक्ति व्यवस्थापन गर्न भनेको छ ।

 

क्याटेगोरी : प्रदेश, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ