कोभिड-१९ बढेपछि देउवाले राखे मन्त्रिपरिषद् बैठक


काठमाडौं ।  कोभिड-१९ को संक्रमण बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

बिहीबार बस्ने मन्त्रिपरिषद्को नियमित बैठक नराखेका प्रधानमन्त्री देउवाले शुक्रबार भने बैठक राखेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक उच्च अधिकारीकाअनुसार बैठकमा कोरोना महामारी, कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले गरेको सिफारिसलगायत नियमित काम कारबाहिको विषयमा छलफल केन्द्रित हुने जनाइएको छ ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सीसीएमसीले १३ बुँदे सिफारिस गरेको थियो । त्यो सिफारिस कार्यान्वयन सहित सचिव बढुवालगायत निर्णय मन्त्रिपरिषद्ले गर्ने सम्भावना छ ।

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ