प्रधानमन्त्री देउवाले घरघरमा गएर खोप लगाउन किन भने


काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरुलाई बरू घरघरमा गएर खोप लगाउन भनेका छन् ।

आज बसेको मन्त्रिपरिषद्को बैठकमा सबैलाई खोप लगाउने व्यवस्था गर्न प्रधानमन्त्री देउवाले निर्देशन दिएका छन् ।मन्त्रीहरु नै कोरोना संक्रमित हुनु नभएको भन्दै प्रधानमन्त्री देउवाले बरु घरघरमा गएर कोभिड-१९ विरूद्धको खोप लगाउन भनेका हुन् ।

मन्त्रिपरिषद्को बैठकमा सहभागी एक मन्त्रीकाअनुसार सबै मन्त्रीहरुलाई एक्शनमा उत्रिन निर्देशन दिएका छन् । कोरोना नियन्त्रणको लागि गम्भीर हुन आवश्यक रहेको देउवाको धारणा छ । बरु, घरघरमा गएर खोप लगाउनुपरे पनि त्यो पनि गरौं भन्दै मन्त्रीहरुलाई कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि एक्शनमा उत्रिन भनेका हुन् ।

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ