कोभिड-१९ बारे पूर्व मिस नेपाल श्रृंखला खतिवडाको भिडिओ सन्देश

काठमाडौं । कोभिड- १९ को विषमयमा पूर्व मिस नेपाल श्रृंखला खतिवडाले भिडिओ सन्देशमार्फत अफवाहहरु नफैल्याउन आग्रह गरेकी छिन् ।
उनले कोभिड-१९ सम्बन्धी विभिन्न अफवाहहरु फैलिरहेको भन्दै सुन्ने र सामाजिक सञ्जालका देख्ने कुरालाई भन्दा आधिकारिक सूचनालाई मात्र विश्वास गर्न अपिल गरेकी हुन् ।
‘अफवाह भन्दा नेपाल सरकारको आधिकारिक निकायहरु र विश्वसनीय मिडियाहरुबाट आएका समाचारहरुलाई मात्र विश्वास आग्रह छ ।’, भिडिओ सन्देशमा भनिएको छ । उक्त भिडिओ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले तयार पारेको हो ।
श्रृंखला स्वास्थ्यमन्त्री विरोध खतिवडाको छोरी हुन् ।
तपाईको प्रतिक्रिया दिनुहोस