छिन्चुमा ५० वेडको सरुवा रोग अस्पताल बनाउन तात्यो कर्णाली सरकार


काठमाडौं । सुर्खेतको भेरीगंगा नगरपालिकास्थित छिन्चुमा ५० वेडको सरुवा रोग अस्पताल निर्माण गर्न कर्णाली प्रदेश सरकार तातेको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले छिन्चुमा ५० वेडको अस्पताल बनाउन प्रदेश सरकारले आवश्यक बजेट व्यवस्था गर्ने प्रतिबद्धता दिएका छन् । भेरीगंगा नगरपालिकाले आवश्यक जग्गाको व्यवस्था गर्नेवित्तिकै भौतिक संरचना निर्माणको लागि रकम उपलब्ध गराउने मुख्यमन्त्री शाहीले स्थलगत अनुगमनका क्रममा प्रतिबद्धता जनाएका हुन् ।

जग्गा टुंगो लगाएर चालु आर्थिक वर्षमै भौतिक पूर्वाधार निर्माणका कामहरु अगाडि बढाउन मुख्यमन्त्री शाहीको जोड छ । मुख्यमन्त्री शाहीसँगको भेटमा भेरीगंगा नगरपालिकाका प्रमुख भूपेन्द्रबहादुर चन्द छिन्चुमा सरुवा रोग अस्पताल निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढेको जानकारी गराएका छन् । नगरपालिका कार्यालय नजिकै रहेको खुला चौरमा अस्पताल निर्माणको योजनामा रहेको बताउँदै मेयर चन्दले अस्पतालका लागि जग्गा नगरपालिकाको नाममा ल्याउने प्रक्रिया सुरु भएको स्पष्ट पारे । उक्त जग्गामा अस्पताल निर्माणका लागि पास गरेर उपलब्ध गराउन  डिभिजन वन कार्यालय सुर्खेतलाई अनुरोध गरिएको मेयर चन्दको भनाइ छ ।

अस्पताल निर्माणका लागि प्रस्ताव गरिएको क्षेत्र सडक पूर्वाधार र अन्य हिसाबले पनि उपयुक्त रहेकाले वनले जग्गा दिएको खण्डमा यही बर्षभित्र नै भौतिक संरचना निर्माणका काम सुरु हुने मेयर चन्दले बताए ।

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ