दुई हजार शुल्क घटाएपछि नाेबेल र बिद्यार्थी बिच वार्ता मिल्याे


काठमाडौं । नोबेल मेडिकल कलेज एण्ड शिक्षण अस्पताल प्रशासन र आन्दोलतरत विद्यार्थीबीच सहमति भएको छ । बिचाैलीयाकाे स्वार्थमा पटक पटक वार्ता भाडिएकाे थियाे । तर शनिबार पिडित विद्यार्थी र कलेज प्रशासन बिच सहमति भएकाे छ  ।

सहमतिमा विद्यार्थीले उठाउँदै आएको होस्टेल शुल्क १० हजारमा झारिएको छ । यस अगाडी १२ हजार थियो । त्यस बाहेक होस्टलमा बस्दा प्रयोग गरिने, पानी, बिजुली, वाईफाई लगायतका शुल्कहरु बुझाउनु पर्नेछ । होस्टेल वापतको रकम अग्रिम भुक्तानी हुनुपर्ने उल्लेख छ ।

नोबेलको १५ औं ब्याजीका एमबीबीएस प्रथम वर्षमा अध्ययनरत विद्यार्थीले विभिन्न माग राखेर गर्दै आएको आन्दोलन सहमतिसँगै टुङ्गिएको छ । कलेज प्रशासनले आन्दोलनरत विद्यार्थीसँग सहमति गरेपछि मंसिर १९ गतेदेखि हुनुपर्ने अध्ययनअध्यापनको कार्यक्रम सूचारु हुने भएको छ ।

कलेजका जनसम्पर्क प्रमुख नारायण दाहालका अनुसार सहमतिसँगै सबै आन्दोलनका कार्यक्रम स्थगित भएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ