कोरोना संक्रमितको उपचार र परिक्षण निःशुल्क


काठमाडौं ।  सरकारले कोभिड–१९ संक्रमित नागरिकको परीक्षण र उपचार खर्च निःशुल्क गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

निर्णय कार्यान्वयनका लागि आवश्यक व्यवस्था गर्न मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशनसमेत दिएको छ । कोरोनाको तेस्रो छाल सुरु भएसँगै सरकारले संक्रमितको उपचार र परिक्षण निःशुल्क गर्ने निर्णय गरेको हो ।

कोरोना परिक्षण बापत हाल सरकारीले १ हजार र निजीले आफुलाई मन लागेजती लिदै आएका छन् । सरकारले यो निर्णयले आम नागरिकलाई केही राहत मिलेको छ । नेपालमा १८ पुसबाट कोरोनाको तेस्रो छाल सुरु भएको हो ।

कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन सुरु भएसँगै तिब्र गतिमा संक्रमित समुदायमा फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको पीसीआर तथा उपचार निशुल्क गर्नेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पेस गरेको थियो ।

सरकारले कोरोना संक्रमितको उपचार र आइसोलेसनमा बसेको खर्च व्यहोर्ने निर्णय पनि गरेको छ । होटल आइसोलेनस बसेको २ हजार, अस्पताल आइसोलेसन बसेको ३५ सय, मध्यम केसको उपचारका लागि ७ हजार र जटिल अर्थात आइसियुमा बस्नु परेको खण्डमा दैनिक १५ हजारका दरले सम्बन्धीत निकायलाई दिने भएको छ ।


योसँगै सरकारले कोरोनाको लक्षण देखिए पाँच दिन घरमा बस्ने अनुरोध गरेको छ । पाँच दिन पछि पिसिआर गरी नेगेटिभ आएको खण्डमा कार्यालयमा जान भनेको छ । अनलाइनबाट हुने सबै कामहरु घरमै बसेर गर्न पनि अनुरोध गरेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ