बर्डफ्लू नियन्त्रण नियमावली आयो

काठमाडौं । सरकारले बर्डफ्लू नियन्त्रण नियमावली २०७८ स्वीकृत गरेको छ ।
बर्डफ्लू नियन्त्रण नीतिगत अस्पष्टतालाई व्यवस्थित गर्ने गरी बर्डफ्लू नियन्त्रण नियमावली मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
बर्डफ्लू नियन्त्रणसम्बन्धी नियमावली सँगै पशु स्वास्थ्यसँग सम्बन्धित राष्ट्रिय पशु प्रजनन नीति र राष्ट्रिय पशु स्वास्थ्य नीति पनि मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको छ ।
पुस ३० मा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय पशु प्रजनन नीति २०७८, राष्ट्रिय पशु स्वास्थ्य नीति २०७८ र बर्डफ्लू नियन्त्रण नियमावली २०७८ स्वीकृत गरेको हो ।
तपाईको प्रतिक्रिया दिनुहोस