आजबाट अग्रपंतिमा खटिनेलाई बुस्टर डोज, यी ठाउँमा लगाउन सकिने


काठमाडौं। सरकारले आजबाट अग्रपंतिमा खटिने व्यक्तिहरुलाई कोभिड-१९ विरुद्धको बुस्टर डोज खोप लगाउँदैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ गतेदेखि अग्रपंतिमा खटिने व्यक्तिहरुलाई कोभिड-१९ विरुद्धको बुस्टर डोज खोप लगाउने भनेपनि आजबाट मात्र बुस्टर डोज खोप दिन लागेको हो ।

२०७८ पुस २८ गतेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट अग्रपंतिमा खटिने व्यक्तिहरुलाई माघ २ गतेदेखि कोभिड-१९ विरुद्धको बुस्टर मात्रा लगाउन निर्देशन दिइएको थियो । त्यही निर्णयअनुसार आजदेखि अग्रपंतिमा खटिने व्यक्तिहरुलाई बुस्टर डोज खोप दिने भएको छ ।

त्यस्तै माघ १४ गतेदेखि ६० वर्ष र माथिका नागरिकहरूलई कोभिड-१९ विरुद्धको पहिले लगाएकै खोपको पूर्ण मात्र लगाइसकेका साथै ६ महिना पूरा भइसकेका नागरिकहरुलाई बुस्टर मात्रा लगाउने सरकारी कार्यतालिका छ ।

काठमाडौं जिल्लाका १८ वटा खोप केन्द्रबाट अग्रपंतिमा खटिने व्यक्तिहरुलाई कोभिड -१९ विरुद्धको बुस्टर डोज खोप लगाउने व्यवस्था गरिएको छ ।

बुस्टर डोज लगाउन सकिने खोप केन्द्रहरू

👉नर्भिक अस्पताल -थापाथली,

👉काठमाडौँ मोडल अस्पताल -प्रदर्शनीमार्ग,

👉निजामती कर्मचारी (सिभिल) अस्पताल -बानेश्वर,

👉वीर अस्पताल,

👉जनमैत्री अस्पताल -बालाजु,

👉शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल -टेकु,

👉नोवेल अस्पताल -सिनामंगल,

👉त्रिवि शिक्षण अस्पताल -महाराजगञ्ज,

👉नेपाल प्रहरी अस्पताल -महाराजगञ्ज,

👉पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटल -सामाखुशी,

👉नेपाली सेनाको अस्पताल -छाउनी,

👉 सुभेच्छा अस्पताल -सितापाइला,

👉 सशस्त्र प्रहरी अस्पताल -बलम्बुबाट,

👉परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल -थापाथली,

👉शहीद मेमोरियल अस्पताल -कलंकी,

👉नयाँ बसपार्क

👉एपेक्स पोली क्लिनिक -जडिबुटी,

👉वयोधा हस्पिटल -बल्खु,

क्याटेगोरी : प्रदेश, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ