तीन निजी अस्पताललाई विशेषज्ञ डाक्टर पढाउन अनुमति


काठमाडौं  । चिकित्सा शिक्षा आयोगले तीन निजी अस्पताललाई विशेषज्ञ डाक्टरलाई अध्यापन गराउन अनुमति दिएको छ ।  ग्रान्डी अस्पताल, नेपाल मेडिसिटी अस्पताल र बिएन्डबी अस्पताललाई  ६ सिटमा विशेषज्ञ चिकित्सक अध्यापन गराउन आयोगले अनुमति दिएको हो ।

आयोगले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताललाई अर्थोपेडिक्स विषयका लागि एकवटा, नेपाल मेडिसिटी अस्पताललाई प्याथोलोजी, रेडियोलोजी र एनेस्थेसियोलोजी एक-एक गरी तीनवटा र बिएन्डबी अस्पताललाई अर्थोपेडिक्समा दुईवटा सिटमा अध्यापन गराउन अनुमति दिएको हो ।

आयोगको नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज कार्यक्रमतर्फ स्पेसियालिटिज कार्यक्रमका लागि तीनवटा निजी अस्पताललाई सिट उपलब्ध गराएको हो।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ