‘वीपी प्रतिष्ठानका पदाधिकारीले काम गर्न नपाउने’

जनता खोप लगाउन नआएको स्वास्थ्यमन्त्रीको गुनासो


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले अब वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका पदाधिकारीले काम गर्न नपाउने स्पष्ट पारेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोलीले काम थालेपछि वीपी प्रतिष्ठानका पदाधिकारीले छानबिन नसकिएसम्म काम गर्न नपाउने उनको भनाई छ ।

आज विराटनगरमा पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्यमन्त्री खतिवडाले शनिबार बसेको क्याबिनेट बैठकले श्यामसुन्दर यादवको नेतृत्वमा काम गर्नका लागि टोली पठाएको जानकारी दिए ।

वीपी प्रतिष्ठानका पदाधिकारीलाई काम गर्न रोक लगाएको भन्दै उनले मन्त्रालयका प्रमुख विशेषज्ञ यादवको नेतृत्वमा वीपी प्रतिष्ठानमा कामकाज गर्न पाँच सदस्यीय टोली धरान पठाइएको बताए । वीपीको समस्या तत्काललाई टरेको मन्त्री खतिवडाको दाबी छ । यादव नेतृत्वको टोलीले काम थालेसँगै  वीपीका किर्ते प्राध्यापक उकुलपति डा. ज्ञानेन्द्र गिरी, रेक्टर डा. गुरु खनाल र अस्पताल निर्देशक गौरीशंकर शाह भूमिकाबिहीन हुने देखिन्छ । त्यसपछि प्रक्रिया मिलाएर तीनजनै पदाधिकारीलाई सिनेट बोलाएर बर्खास्त गर्ने सरकारको तयारी छ ।

फरक प्रसंगमा मन्त्री खतिवडाले खोप लगाउन सोचे अनुसार जनताहरु नआएको  गुनासो गरे । सातै प्रदेशमा खोप अभियान सञ्चालन गरेको जनाउँदै उनले खोपका लागि गाउँ टोलमा टोली खटाएर पनि खोप कार्यक्रमलाई प्रभावकारी बनाइने धारणा राखे ।

‘अहिले८० प्रतिशतलाई पहिलो डोज दिईसकिएको छ । त्यस्तै ६० प्रतिशतलाई पूर्णमात्रा खोप लगाएका छन्’, मन्त्री खतिवडाले भने, ‘पहिलो र दोस्रो डोज लगाएपछि नागरिकलाई बुस्टर डोज दिइने सरकारको तयारी छ ।’,

क्याटेगोरी : प्रदेश, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ