राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले करारमा जनशक्ति माग्यो

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले करारमा जनशक्ति राख्ने भएको छ ।
प्रयोगशालाले चैत मसान्तसम्मका लागि करार सेवामा ल्याब टेक्निसियन( स्वास्थ्य/ मेडिकल ल्याब टेक्नोलोजी, पाँचौं), ३ जना र डाटा मेनेजमेन्ट असिस्टेन्ट पाँचौं तह २ जना राख्ने भएको हो ।
माघ ९ गतेसम्म दरखास्त बुझाउन सकिने प्रयोगशालाले जारी गरेको सूचनामा उल्लेख छ । अन्तर्वार्ता माघ १२ गते हुने भनिएको छ । योग्यलाई छोटो सूची र अन्तर्वार्ताबाट छनौट गरिने भएको छ । कोभिड प्रयोगशालामा काम गरेको अनुभवीलाई प्राथमिकता दिइने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले निकालेको सूचनामा उल्लेख छ ।
तपाईको प्रतिक्रिया दिनुहोस