राप्तीकाे उपकुलपतिका लागि तीन जनाकाे नाम सिफारिस गर्ने तयारी, यी हुन् सम्भावित


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे उपकुलपतिका लागि तीन जनाएको नाम सिफारिस गर्ने तयारी गरेकाे छ ।

श्राेतका अनुसार एक जना उपकुलपतिका लागि डाक्टर विकास लामिछाने , डा रामेश काेइराला र डा. ऋषिकेश नारायण श्रेष्ठकाे नाम कुलपति समक्ष सिफारिस गर्ने तयारी भएकाे छ । स्वास्थ्यमन्त्री बिरोध खतिवडा राजधानी बाहिर भएकाले आउनसाथ सिफारिस हुने छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा विवादित पूर्व उपकुलपति प्राडा संगिता सिंह भण्डारीसहित १६ जनाले दाबी गरेका थिए । विवादमा नपरेका मध्ये तीन जनाकाे नाम मन्त्रालयले तयार पारेकाे जनाएकाे छ ।
सूचनामा स्वास्थ्य मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यहरुको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ को दफा ९ को उपदफा २ बमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिसम्बन्धी कार्यविधि, २०७८ मा उल्लेखित अनुभव र योग्यतासहित रितपूर्वकको निवेदन माग गरिएको थियो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ