प्रधानमन्त्रीको मुल ढोकामै पुग्यो कोरोना, भानु देउवा संक्रमित


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको मुल ढोकामै कोरोना पुगेको छ । सचिव र मन्त्रीहरुलाई कोरोना संक्रमण भएपछि सिंहदरबारमा पातलो उपस्थिति देखाउन थालेका प्रधानमन्त्री देउवा प्रमुख स्वकीय सचिव भानु देउवालाई पनि कोरोना देखिएपछि कोरोनाको उच्च जोखिममा परेका छन् ।

देउवाका स्वकीय सचिव भानुलाई कोरोना संक्रमण भएको मंगलबार पुष्टि भएसँगै उनी फेरि कन्ट्रयाक्ट ट्रेसिङमा परेका छन् । यस अघि माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई कोरोना हुँदा पनि देउवा कन्ट्रयाक्ट ट्रेसिङमा परेका थिए ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, हुँदै क्याबिनेटमासँगै सहभागी भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले तथा उनको सचिवालयका सदस्य समेतलाई कोरोना भएपछि सिंहदरबार कोरोनाको हटस्पट बन्दै गएको देखिन्छ ।

सीसीएमसीसीका संयोजक समेत रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव रामप्रसाद थपलिया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कै अर्का सचिव शिशिरकुमार ढुंगाना, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराई, सचिव कृष्णबहादुर राउत हुँदै शहरी विकास सचिव मणिराम गेलालसम्मलाई कोरोना संक्रमण पुष्टि भइसकेकोको छ । अन्य सचिवहरु पनि कन्ट्रयाक्ट ट्रेसिङमा परेका छन् । यसले कोरोना भाइरस निकै उपल्लो तहसम्म पुगिसकेको संकेत गर्छ ।

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ