उपत्यकाका धार्मिकस्थलमा नित्य, पुजा, ध्यानबाहेकका गतिविधि निषेध


काठमाडौं । उपत्यकाका धार्मिकस्थलमा नित्य, पुजा, ध्यानबाहेकका गतिविधि निषेध गरिएको छ ।

कोरोना संक्रमणदर बढ्दै गएपछि उपत्यकाका धार्मिकस्थलमा हुने नित्य, पूजा, ध्यान र प्रार्थना मात्रै गर्न पाइने भएको हो ।

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै मठमन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी माघ मसान्तसम्म नित्य, पुजा, ध्यान र प्राथना मात्र गर्न आग्रह गरेको हो । त्योबाहेको गतिविधि गर्न प्रशासनले निषेध गरेको छ ।

माघ मसान्तसम्म लागू हुने गरी मन्दिर दर्शन र पूजाआजामा मंगलबारदेखि अस्थायी रुपमा रोक लगाइएको छ ।

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ