नेपालमा एकैदिन संक्रमितको संख्या १० हजार नाघ्यो

काठमाडौं । नेपालमा एकैदिन कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा मुलुकमा १० हजार २ सय ५८ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।
२२ हजार ८ सय २८ नमुना परीक्षण गर्दा १० हजार बढी संक्रमित थपिएका छन् । आजको दैनिक संक्रमण दर झन्डै ४५ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : विविध, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस