लोकसेवा आयोगले पनि रोक्यो परीक्षा

काठमाडौं । त्रिभुवन विश्वविद्याल पछि लोकसेवा आयोगले सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।
आयोगका प्रवक्ता तोयानारायण सुवेदीकाअनुसार माघ मसान्तसम्म निर्धारित सबै परीक्षा स्थगित गरिएको छ । त्रिभुवन विश्वविद्यालयले जस्तै कारण देखाउँदै लोकसेवा आयोगले अब सञ्चालन हुन लागेका सबै परीक्षा स्थगित गरेको हो ।
कर्मचारी र विद्यार्थीमा कोरोना देखिन थालेपछि परीक्षा स्थगित गरेको लोकसेवा आयोगले जनाएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, प्रदेश, विविध, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस