एनजिओको अक्सिजन प्लान्ट ल्याउन ३ करोड ढुवानी खर्च 


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक एनजिओले दिएको अक्सिजन प्लान्ट ल्याउन तीन करोड २५ लाख ९३ हजार ४ सय ६७ रुपैयाँ ढुवानी दिने भएको छ । सीधै दिन रकम नभएपछि कुन शीर्षकमा दिने भनेर बजेट खोजी भइरहेको छ ।

मिसन रिभ्युल नेपाल नामक एक एनजिओले दशवटा अक्सिजन प्लान्ट दिने भएको हो । स्वास्थ्य मन्त्रालय एक उच्च अधिकारीकाअनुसार उक्त एनजिओलाई कसैले सहयोग गरेको हो, उसले नेपाललाई दिने भनेको बुझिएको छ । तर, लिन आफैं जानुपर्ने छ ।

दशवटा प्लान्ट ल्याउन नेपाल वायुसेवा निगमको जहाजसँग सम्झौता भएको थियो । चार्टर विमानमार्फत ल्याउने सहमति भएपनि पछिल्लो समय नेपाल वायुसेवा निगमको जहाजमा नअट्ने भन्दै निगमले नै एक निजी कम्पनीलाई टेन्डर दिएको स्वास्थ्यका अधिकारीहरुले बताएका छन् ।

विगतमा मन्त्रिपरिषद्ले ढुवानी नेपाल वायु सेवा निगमको जहाजबाट गर्ने पैसा नेपाल सरकारले दिने निर्णय भएको थियो । तर, वायुसेवा निगमको जहाजमा १० वटा अक्सिजन प्लान्ट अट्ने क्षमता नभएपछि अर्कै कार्गो कम्पनीलाई दिएको बुझिएको छ ।  पैसा भने निगमलाई पठाएको छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ