सवारीमा जोर-बिजोर प्रणाली
काठमाडौंमा आजबाट यी सवारीमात्र निस्फिक्री
काठमाडौं । उपत्यकामा आज राति १२ बजेदेखि सवारीसाधनलाई जोर-बिजोर प्रणाली लागू गरिदैछ । निश्चित सवारीसाधनलाई छाडेर यो प्रणाली लागू गर्ने सरकारको तयारी छ ।
यी सवारीसाधनको हकमा भने जोर बिजोर प्रणाली लागू हुने छैन्
👉औषधी एवं स्वास्थ्य सामाग्री बोकेका सवारी साधन, एम्बुलेन्स, दमकल, शववहान
👉ग्यास, पेट्रोलियम पदार्थ, पानी बोक्ने सवारी साधन (चालक र सहचालकमात्र)
👉खाद्यान्य, दुग्धजन्य पदार्थ, फलफुल, तरकारी, अन्डा, माछामासु, पशुपक्षीका दाना एवं कृषि तथा पशुजन्य सामाग्रीहरु बोक्ने सवारी
👉साधन (चालक र सहचालकमात्र)
👉निर्माण सामाग्री बोक्ने सवारी साधन
👉परिचयपत्रको आधारमा-सरकारी कर्मचारी, चिकित्सक, स्वास्थ्यकर्मी, सार्वजनिक संस्थानका कर्मचारीले प्रयोग गर्ने सवारी साधन
👉बैंक/बिमा/बित्तिय संस्था/वायुसेवा कम्पनीका कर्मचारीले प्रयोग गर्ने सवारी साधन
👉सरकारी सवारी साधन
👉कुटनैतिक नियोगका सवारी साधन
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस