मेडिकल काउन्सिलका सदस्य डा. शेर्पाद्वारा पिजी परीक्षा रोक्न माग


काठमाडौं । नेपाल मेडिकल काउन्सिलका सदस्य डा. कुन्जङ शेर्पाले पिजी (एमडी/एमएस)को परीक्षा रोक्न माग गरेका छन् ।

डक्टर्स सोसाइटी अफ नेपाल नामक फेसबुक पेजमार्फत सदस्य शेर्पाले एमडी/एमएस)को परीक्षा रोक्न माग गरेका हुन् ।

स्वास्थ्य लाइभले पिजी प्रवेश परीक्षाकाे प्रश्नपत्र बाहिरिएको आशंकासहितको समाचार प्रकाशित गरेको थियो त्यो विषयमा अहिले गम्भीर बहस चलिरहेको छ । यसैबीच मेडिकल काउन्सिलका सदस्य शेर्पाले परीक्षा रोक्न माग गरेका हुन् । चिकित्सा शिक्षा आयोगले यो विषयमा छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउनु पर्ने माग उठिरहेको छ ।

सरोकारवालाहरु रबिन बस्नेत, प्रकाश पौडेल, शिव शाह, छबि पन्थीलगायतले पनि परीक्षाको औचित्यमा प्रश्न उठाएका छन् । यो विषयमा छानबिन हुनुपर्नेमा उनीहरुको जोड छ ।

चिकित्सा शिक्षा आयोगले भोलि शनिबार पिजीकाे प्रवेश परीक्षा लिने तयारी गरिरहेको बेला त्यसअगावै प्रश्न पत्र बाहिरिएको आशंका गरिएको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ