खाडी राष्ट्र र मलेसियामा भिजिट भिसामा जान प्रतिबन्ध


काठमाडौं । सरकारले खाडी राष्ट्रहरु र मलेसियामा भिजिट भिसामा जान प्रतिबन्ध लगाएको छ ।

गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै  २०७८ माज्ञ १० गतेदेखि लागू हुनेगरी अर्को आदेश जारी नभएसम्मका लागि खाडी राष्ट्रहरू र मलेसियामा भिजिट भिसामार्फत भ्रमणमा जान रोक लगाइएको उल्लेख गरेको छ ।

कोभिड १९ को ओमिक्रोन भेरिएन्ट तीव्र रुपमा फैलिँदै गएका बेला खाडी राष्ट्र र मलेसिया पुग्ने नेपाली बिचल्लीमा परेको कारण देखाउँदै सरकारले तत्कालका लागि ती मुलुकमा जान रोक लगाएको हो ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ