स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक भन्दा कम नदिन स्वास्थ्य मन्त्रालयको आग्रह


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक भन्दा कम पारिश्रमिक नदिन आग्रह गरेको छ । मन्त्रालयले अस्पतालहरूलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक भन्दा कम पारिश्रमिकमा कुनै पनि स्वास्थ्यकर्मीलाई काममा लगाउन आग्रह गर्दै उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाई राख्न भनेको छ ।

स्वास्थ्य सचिव रोशन पोखरले कोभिड-१९ महामारी रोकथाम, निदान तथा बिरामीको उपचारमा पुर्‍याएको योगदानप्रति अस्पताल, स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरुमा उच्च सम्मान व्यक्त गरेका छन् ।

निजी अस्पताल तथा स्वास्थ्य संस्थाले सरकारले तोकेको न्यूनतम पारिश्रमिक भन्दा कम दिने गरेको आरोप लागिरहेको बेला स्वास्थ्य सचिवस्तरीय निर्णयबाट पारिश्रमिकमा तलमाथि नगर्न आग्रह गरिएको हो ।

क्याटेगोरी : प्रदेश, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ