कोभिडविरुद्धको खोप लगाउँदा मुलपानीमा हानाहान(भिडिओसहित)


काठमाडौं । कोभिड-१९ विरुद्धको खोप लगाउने क्रममा काठमाडौंको मुलपानीमा हानाहान भएको छ ।

काठमाडौंको कागेश्वरी मनोहरा-६ नम्बर वडास्थित खोप केन्द्रमा खोप लगाउन जाँदा हानाहान भएको हो ।

 

टिकटकमा देखिएको भिडिओमा खोप केन्द्रमा दुईपक्षीय झडप हुँदा एक महिलाका हात भाँचिएको र रुवावासी चलेको देखिन्छ ।

 

टिकटकमा देखिएको उक्त भिडिओमा खोप लगाउन जानेले सामान्य स्वास्थ्य सुरक्षाको मापदण्ड समेत पालना गरेको देखिँदैन ।

भीडभाड, ठेलाठल, कुटाकूटको दृश्य देखिएको मुलपानी खोप केन्द्रले हाम्रो स्वास्थ्य प्रणालीमाथि नै चुनौती देखिएको छ । खोप लगाउन जाँदा समेत कोरोनाबाट नभइ मान्छेबाटै ज्यान जोगाउनु पर्ने अवस्था आएको छ ।

क्याटेगोरी : प्रदेश, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ