पिजी प्रवेश परीक्षामा नक्कली विद्यार्थी बनेर परीक्षा दिए, वर्षाैदेखि तयारी गरेका नेपाली विद्यार्थी ट्वा !


काठमाडौं । शनिबार पिजी अध्ययनका लागि चिकित्सा शिक्षा आयाेगले लिएकाे प्रवेश परीक्षामा ८ हजार नेपाली र ५ सय विदेशी विद्यार्थी सामेल भए । परीक्षा हुनुभन्दा २४ घण्टा अगाडि नै प्रश्नपत्र नेपाली र भारतीय एजेण्टले सेटिङमा सीमित व्यक्तिलाई चुहाएकाे आशंकासहित केही बार्गेनिङ गरेकाे प्रमाणहरु स्वास्थ्य लाइभले सार्वजनिक गरेकाे थियाे । तर, परीक्षा सारेर छानविन गर्नुपर्ने चिकित्सा शिक्षा आयाेगले समाचार पढिनसकी अतालिएर परीक्षा नराेकिने भन्दै विज्ञप्ति जारी गर्याे । यता विद्यार्थीहरुमा मनाेवैज्ञानिक त्रास उत्पन्न भयाे ।

विभिन्न क्षेत्रबाट परीक्षा एक हप्ता पर सारेर छानबिन गर्न माग भयाे तर, प्रश्नपत्र बाहिरिएको भएपनि परीक्षा नराेक्ने चिकित्सा शिक्षा आयाेगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले बताए । विवादकाबीच परीक्षा पनि शनिबार भयाे । तर, परीक्षा हलमा शंकास्पद व्यक्तिहरुकाे चहलपहल व्यापक देखिएकाे अधिकारीहरु बताउँछन् ।

परीक्षा संचालन गर्न गएका केही प्रतिनिधिहरुले परीक्षा पूरा सेटिङमा चलाएकाे बताए । नाम उल्लेख नगर्ने सर्तमा एक प्रतिनिधिले स्वास्थ्य लाइभसंग भने, ‘मेडिकल काउन्सिलले चलाउने परीक्षाकाे ५ प्रतिशत पनि सुरक्षित नभएकाे बताए ।

आइडी कार्ड हेरिएन, मास्क खाेल्न लगाइएन, कुनै चेक भएन, डिभाइस लगे/नलगेकाे समेत चेकजाँच गरिएन ।’, अझ गज्जबकाे कुरा त बस्तीकाेबीचमा सेन्टर राखेर परीक्षा गराइएको ती अधिकारीले सुनाए ।

अधिकारीहरुले याे परीक्षालाई मान्यता दिन नहुने बताएका छन् । चिकित्सा शिक्षा आयाेगका उपाध्यक्ष प्राध्यापक डाक्टर श्रीकृष्ण गिरीले तीन जना शंकास्पद विद्यार्थीलाई नियन्त्रणमा लिएकाे बताए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारत उत्तर प्रदेशका ३० वर्षीय जितेन्द्र कुमार मिश्रा, भारत बिहारका ३४ वर्षका शशिभूषण सिंह र भारत बिहारकै ३२ वर्षका कृष्ण मुरारी रहेका छन्। उनीहरुमाथी प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।

नेपाली विद्यार्थी कामनगरी पिजीमा नाम निकाल्न वर्षाैंदेखि तयारी गरेर बसेका थिए । तर, नेपाली र विदेशी एजेन्टकाे सेटिङमा लाखाैं रुपैयामा प्रश्न बिक्रीवितरण गर्ने र नक्कली विद्यार्थी खडा गरेर परीक्षा दिँदा नेपाली जेहेन्दार विद्यार्थी समस्यामा परेका छन् ।

एक चिकित्सकले सामाजिक संजालमा लेखेका छन् एलआरआई सेन्टर यसाेधारा भवनकाे तेस्रो तलामा पिजीकाे परीक्षा चलेकाे छ । त्यहाकाे रुम नम्बर “७डी”  बाट आज दुई जना शंकास्पद परिक्षार्थि फेला परे। ती दुई मध्य एक भारतीय नागरिक थिए तर उनी सङ नेपाली नागरिकता र नेपाली खोप कार्ड थियो।

नेपाली बनेर परीक्षा दिन आएका उन्लाई इन्भिजिलेटरले सोधपुछको क्रममा फेला पारे। नेपाली नागरिकता भएका ती ब्यक्तिले सोधपुछ गर्ने क्रममा अङ्ग्रेजीमा आफ्नो जन्म मिति, ठेगाना भन्न सके तर नेपालीमा आफ्नै जन्म मिति, आफुले लगाएको खोप स्थान र आफू बस्ने वार्ड चाहिँ भन्न सकेनन्।

ती व्यक्तिलाई १०-१२ चोटि एलआरआईका इन्भिजिलेटर र आयोग बाट खटाइएका कर्मचारीले कक्षा कोठामै सोधपुछ गरे।१ घन्टामा फेला परेका ती परिक्षार्थीले पूरा समय तीन घन्टासम्म नै परीक्षा दिन पाए । अन्तिममा हामी सबैलाई त्यहाँबाट जान भनियो र तिनलाई नैं कक्षा कोठामै राखियो। नेपाल मेडिकल काउन्सिलले विद्यार्थीलाई शंका लागेकाे खण्डमा उजुरी दिन भनेकाे छ ।

क्याटेगोरी : विविध, समाचार
ट्याग : ##Doctor, ##MOHP, ##pg exam, ##चिकित्सका शिक्षा आयाेग

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ