विद्यार्थीलाई पठन-पाठनमा संलग्न गराउन केएमसी र नोबेललाई केयूको निर्देशन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)ले विराटनगरस्थित नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेज (केएमसी)लाई अनिवार्य रुपमा विद्यार्थीहरुलाई पठन-पाठनमा संलग्न गराउन निर्देशन दिएको छ ।
केयूले आज नोबेल र केएमसीलाई पत्र काट्दै चिकित्सा शिक्षा आयोगबाट छनौट भई काठमाडौं विश्ववद्यालय स्कूल अफ मेडिकल साइन्सेजमार्फत भर्ना भएका सम्पूर्ण विद्यार्थीहरूलाई अनिवार्य रुपमा पठन पाठनमा संलग्न गराउन निर्देशन दिएको हो ।
नोबेल र केएमसी कलेजमा यस शैक्षिक सत्र 2021 अन्तर्गत एमबीबीएस, बीडीएस र बीएनएस कार्यक्रममा भर्ना भएका विद्यार्थीको पठन पाठन निरन्तर गरिएलगत्तै केही विद्यार्थीहरु भने पठन पाठन संलग्न नभएको भन्ने जानकारी प्राप्त भएको भन्दै केयू मेडिकल साइन्सेजका डीन डा. राजेन्द्र कोजुले उक्त निर्देशन दिएको स्वास्थ्य लाइभले फेला पारेको छ ।
यता अतिरिक्त शुल्क फिर्ताको माग राखेर भइरहको विद्यार्थी आन्दोनल पनि स्थगित भएको छ। काठमाडौं विश्वविद्यालय (केयू)ले अतिरिक्त शुल्क सम्बन्धित विद्यार्थीकै नाममा फिर्ता गर्ने भएपछि आन्दोलन स्थगित भएको अखिल (क्रान्तिकारी)की नेतृ मान्यता थापाले जानकारी दिइन् ।
अतिरिक्त शुल्क फिर्ताका साथै, छात्रावासलाई स्वेच्छिक गर्ने, छात्रावास र अतिरिक्त शुल्क नबुझाएबापत पठन-पाठनलगायत सुविधाबाट बञ्चित रहँदै आएका विद्यार्थीहरुलाई निःशर्त कक्षामा सामेल गराउने समेत निर्णय भएपछि आन्दोलन फिर्ता भएको नेतृ थापाको भनाइ छ ।
ट्याग : ## अखिल(क्रान्तिकारी), ## एमबीबीएस, ## केएमसी, ## पठन पाठन, ## मान्यता थापा, ## मु सुनिल शर्मा, ## राजेन्द्र कोजु, ##केयू, ##नोबेल, #आन्दोलन फिर्ता, #बीडीएस
तपाईको प्रतिक्रिया दिनुहोस