कोभिडको खोप बेच्ने हेल्थ असिस्टेन्ट साहमाथि भ्रष्टाचार मुद्दा

काठमाडौं । कोभिड-१९ विरुद्धको खोप बेचेको अभियोगमा महोत्तरी स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट अजय कुमार साहसहित दुईजनामाथि मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निःशुल्क खोप २० हजारमा बेचेको आरोपका हेल्थ असिस्टेन्ट साहसहित दुईजनामाथि विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीहरुले निःशुल्क लगाउनु पर्ने जोन्सन एण्ड जोन्सनको खोप २० हजारमा बेचेको पुष्टि भएपछि अख्तियारले भ्रष्टाचार मुद्दा लगाएको हो ।
अख्तिपरले अनुसन्धानको सिलसिलामा महोत्तरी स्वास्थ्य चौकी, सनषुडामा कार्यरत हेल्थ असिस्टेन्ट साहले सेवाग्राहीसँग खोप लगाईदिनका निम्ति घुस/रिसवत माग गरेको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जोन्सन एण्ड जोन्सनको खोप बेच्दै गर्दा अजय कुमार साहसहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।
अख्तियारले इन्डै डेढ महिना लगाई अनुसन्धान पूरा गरेर महोत्तरी स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टेन्ट साहसमेत २ जना उपर बिगो २० हजार रुपैयाँ कायम गरी घुस लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर हो ।
अख्तियारको प्रेस विज्ञप्ति:-
—————————————————-
जिल्ला महोत्तरी, महोत्तरी स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्ट पदमा कार्यरत अजय कुमार साहले नि:शुल्क रुपमा कोभिड-१९ बिरुद्धको खोप (Johnson & Johnson) लगाई दिनु पर्नेमा सो नगरी सेवाग्राहीसँग खोप लगाउन रु.२०,०००।– घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले हेल्थ असिस्टेन्ट अजय कुमार साहको निर्देशनमा कृष्णा कुमार यादवले कोभिड-१९ बिरुद्धको खोप (Johnson & Johnson) लगाई दिई सेवाग्राहीबाट रु. २०,०००।– (बीस हजार रुपैयाँ) घुस/रिसवत रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।
अनुसन्धानको सिलसिलामा महोत्तरी स्वास्थ्य चौकी, सनषुडामा कार्यरत हेल्थ असिस्टेन्ट अजय कुमार साहले सेवाग्राहीसँग खोप लगाईदिनका निम्ति घुस/रिसवत माग गरेको र निजले भनेबमोजिम नै कृष्णा कुमार यादवले सेवाग्राहीबाट रु.२०,०००।– घुस रिसवत लिएको पुष्टि हुन आएकोले निज हेल्थ असिस्टेन्ट अजय कुमार साहले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको हुँदा निज अजय कुमार साहलाई बिगो रू.२०,०००।-(बीस हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन मागदावी लिने साथै कृष्णा कुमार यादवले घुस/रिसवतबापत रु.२०,०००।–(बीस हजार) अजय कुमार साहको निमित्त लिएको तथ्य समेतको आधारमा निज कृष्णा कुमार यादवको पनि घुस/रिसवत लिनेदिने कार्यमा प्रत्यक्ष संलग्नता रहेको देखिन आएको हुँदा निज कृष्णा कुमार यादवले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र ऐ.ऐ. दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिमको कसुरमा मतियार भई कार्य गरेकोले निजलाई बिगो रू.२०,०००।–(बीस हजार) कायम गरी ऐ.ऐ. दफा २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम मुख्य कसुरदार सरह नै सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
सहायक प्रवक्ता
वेदप्रसाद भण्डारी
क्याटेगोरी : प्रदेश, समाचारट्याग : ## अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ## अजय कुमार शाह, ## खोप बेचुवा, ## जोन्सन एण्ड जोन्सन, ## निःशुल्क खोप, ## भ्रष्टाचार, ## विशेष अदाल, ## स्वास्थ्य चौकी, ## हेल्थ असिस्टेन्ट, ##कोभिड-१९ विरुद्धको खोप
तपाईको प्रतिक्रिया दिनुहोस