स्वास्थ्य सचिवलाई काेराेना: मन्त्रालयमा काेराेना नहुने न्यून मात्रै
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या सचिव डा. राेशन पाेखरेललाई पनि काेराेना पुष्टि भएकाे छ । बुधबार काेराेना पुष्टि भएपछि उनी हाेम आइसाेलेशनमा छन् । स्वास्थ्य मन्त्रालयमा काेराेना संक्रमित हुने कर्मचारीहरुकाे सूची गनिसाध्य छैन । कतिपय निकाे भइसकेका छन् भने कतिपय हालै संक्रमित भएका छन् ।
सचिवबाहेक प्रवक्ता डा. संगिता काैशल मिश्रा, सह प्रवक्ता डा. समीर अधिकारी, उपसचिव प्रकाश अधिकारी, स्वास्थ्य मन्त्रीका निजि सचिव मधु मिजार, भिमप्रसाद सापकाेटा, यशाेधा अर्याल, रुपा विक, कर्मचारी प्रशासन शाखाकी उप सचिव खिम कुमारी लङ्वा (लिम्बू) 104 डिग्री ज्वराे आएर बसेकी छन् ।
प्राप्त जानकारी अनुसार १३७ जना कर्मचारी भएकाे स्वास्थ्य मन्त्रालयमा न्युन कर्मचारी मात्रै हालसम्म काेभिड संक्रमित भएका छैनन् । तेश्राे वेभसम्म पनि संक्रमित नहुने कर्मचारीहरु कमै हुन्छन् ।
कोभिड-१९ ले संक्रमित हुने सचिवको सूचीमा डा. पोखरेल पनि थपिएका छन् । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव समेत रहेका सीसीएमसीसीका संयोजक रामप्रसाद थपलियासहित आधा दर्जन सचिव कोरोना भाइरसले संक्रमित भइसकेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्ण बहादुर राउत, सचिव शिशिरकुमार ढुंगाना, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई, सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल हुँदै स्वास्थ्य सचिव डा. पोखरेललाई पनि कोभिड भएको हो ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस