कोरोना संक्रमित ओली भीडमा गएकोमा भक्तपुरकी सिडिओ भन्छिन्, ‘आफैंले बुझ्नु पर्ने कुरा हो’,


काठमाडौं । कोभिड-१९ को संक्रमण एमाले अध्यक्ष केपी शर्मा ओली भीडमा गएको विषयमा भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा निरीह देखिएकी छिन् ।

कोरोना संक्रमितले ७  दिन होम आइसोलेसनमा बस्नु पर्ने प्रतिक्रिया दिएकी सिडिओ शर्माले केपी ओली संक्रमित भएको तीनदिन मै सार्वजनिक कार्यक्रममा जाँदा त्यो आदेश किन लागू भएन भन्ने स्वास्थ्य लाइभको प्रश्नमा त्यो आफैंले बुझ्नु पर्ने कुरा हो भन्दै तर्किन्।

आइतबार कोरोना संक्रमित भएका नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बुधबार नै सार्वजनिक कार्यक्रममा सहभागी भएपछि यो विषयमा चौतर्फी आलोचना भएको छ । युवा संघ नेपालद्वारा भक्तपुरको बालकोटमा आयोजित रक्तदान कार्यक्रममा एमाले अध्यक्ष ओली सहभागी भएका थिए ।

जनतालाई सात दिन घरमा थुन्ने नेतालाई छाडा छाड्ने भन्दै सामाजिक सञ्जालमा ब्यापक प्रश्न उठेको छ । नागरिकलाई कोभिड-१९ विरुद्ध जारी भएको आदेश पालना गराउन कडा रुपमा प्रस्तुत हुँदै आएकी भक्तपुरकी सिडिओ शर्मा केपी शर्मा ओलीको हकमा भने निरीह देखिएकी हुन् । सिडिओ आदेश पालना गर्नु पर्ने शर्माको प्रतिक्रियापछि ओलीको प्रसंग आउनेबत्तिकै उनको बोली नै फेरिएको छ ।

जनताको हकमा लागू हुने सरकारी आदेश नेताको हकमा लागू नभएपछि सरकारको आदेश किन मान्ने भन्ने प्रश्न उठेको हो ।

केपी ओलीलाई बाहिर छाडेर हामीलाई भित्र थुन्ने भन्दै कोभिड-१९ संक्रमितहरुले सामाजिक सञ्जालबाटै सरकारलाई प्रश्न सोध्न थालेका छन् ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ