नर्सिङ प्रशासक डा रिना श्रेष्ठविरुद्ध अख्तियारमा उजुरी


काठमाडौं । वीर अस्पतालकी वरिष्ठ अस्पताल नर्सिङ प्रशासक डा रिना श्रेष्ठ विरुद्ध अख्तियारसम्म उजुरी परेको छ।

अस्पतालकी नर्सिङ प्रशासक श्रेष्ठमाथि अनियमितता गरेको, सरकारी बिदा नलिई अध्यान गरेको, कार्यलय समयमै निजी कलेजमा पढाउन जाने गरेको आराेप लागेकाे छ ।

करार नर्सको म्याद थप सिफारिस गर्दा पैसा माग्ने गरेको, प्रयोगात्मक अभ्यासका लागि वीरमा आउने निजी कलेजबाट समेत आर्थिक कारोबार गर्ने गरेकाे लगायतका आरोप लगाउँदै उनिमाथि  उजुरी हालिएको छ ।

स्वास्थ्य लाइभलाइ प्राप्त कागजमा अस्पतालकै नर्सिङ कर्मचारी र अस्पताल सुधार पक्षधर कर्मचारीका नाममा श्रेष्ठविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र लगायतका निकायमा उजुरी हालिएको छ। उनिहरुले प्रमाणपत्र छानवीनगर्न माग गरेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ