भक्तपुरको वीर अस्पताल वरिपरि अवैध प्लानिङ्ग , केएमसीले पनि सरकारी जग्गा हडपेको आशंका


काठमाडौं । भक्तपुरस्थित काठमाडौं उपत्यका विकास प्राधिकरण अन्तर्गतको जिल्ला आयुक्तको कार्यालयले वीर अस्पताल वरिपरि अवैध प्लानिङ्ग/प्लटिङ्ग गरेको ठहर गरेको छ ।

भक्तपुरको दुवाकोट वीर अस्पताल वरिपरि मात्र होइन काठमाडौं मेडिकल कलेजसँगै पनि अनुमति नै नलिई धमाधम प्लानिङ्ग/प्लटिङ्ग भइरहेको जिल्ला आयुक्तको कार्यालय, भक्तपुरले जनाएको छ ।

योजना स्वीकृति नलिई मापदण्ड विपरीत जग्गा प्लटिङ गरी सार्वजनिक सम्पत्ति, ऐलानी, पर्ति जग्गाहरू समेत प्रयोग गरी अवैध प्लटिङ भइरहेको प्राधिकरणले जनाएको छ ।  अनुमति बिनै ८० ठाउँमा प्लटिङ भएपछि कार्यालयले ती ठाउँको जग्गा नकिन्न सर्वसाधरणलाई आग्रह गरेको छ । सार्वजनिक सम्पत्ति, ऐलानी, पर्ति जग्गाहरू समेत प्रयोग गरेर प्लटिङ गर्नेमा काठमाडौं मेडिकल कलेज (केएमसी) को जग्गाप्रति पनि जिल्ला आयुक्तको कार्यालयले आशंका व्यक्त गरेको छ ।

भक्तपुर जिल्ला आयुक्तको कार्यालयले अनधिकृत प्लटिङ गरिरहेका घरजग्गा व्यवसायी तथा डेभलपर्सहरुलाई काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन २०४५ र नियमावली २०६८ को नियम (६) बमोजिम प्लानिङ पर्मिट स्वीकृति लिएर मात्र काम कारबाही अगाडि बढाउन सूचना समेत जारी गरेको छ ।

भूमाफियाहरुले अवैध रुपमा प्लानिङ पर्मिट स्वीकृति नलिई सार्वजनिक सम्पत्ति, ऐलानी, पर्ति जग्गाहरू हडपेको कार्यालायको दाबी छ ।

जिल्ला आयुक्तको कार्यालय, भक्तपुरले चाङगुनारायण नगरपालिका वडा १ मा पर्ने दुवाकोट वीर हस्पिटल मुनि १ वटा, वीर हस्पिटलको पश्चिममा १ वटा, चाँगुनारायण अस्पताल नजिकको १ वटा र  इन्जिनियरिङ कलेज वरिपरीको २ वटा  प्लटिङ भएको जग्गालाई अवैध प्लानिङ्गको सूचीमा परेको छ ।

केएमसी हस्पिटल बारुद खाना चोक वरिपरीको ४ वटा अवैधप्लानिङ्ग/प्लटिङ्ग गरेको सूचना जारी गर्दै जिल्ला आयुक्तको कार्यालयले केएमसी हस्पिटलको जग्गामाथि पनि आशंका गरेको छ ।

हेनुहोस् अनधिकृत प्लटिङ भएका ठाउँहरु

क्याटेगोरी : सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ