कोरोना महामारीकाबीच कन्याममा जीपलाइन 


इलाम । कोरोना महामारकाबीच इलामको कन्याममा जीपलाइन सञ्चालनमा आएको छ ।

विदेशमा लामोसमय बसाईपछि नेपालमा केही गर्नुपर्छ भन्ने सोचका साथ इलामको सुर्योदय नगरपालिका ८ बिरिङ भ्याली कन्यामका युवाहरुको समूहले सुर्योदय एडभेन्चरमार्फत पर्यटनसँगै साहसिक खेल जिपलाईन, स्काईसाईक्लिङ, मिनिबन्जीसहित सुविधा सम्पन्न रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन् ।

कोभिड-१९ को असरले गर्दा पर्यटन क्षेत्रमा ठूलो धक्का लागेपनि इलामका युवाहरु पर्यटन र स्वास्थ्यलाई जोडेर साहसिक खेलका रुपमा चिनिने जीपलाइन सञ्चालनमा ल्याउन सफल भएका छन् ।

सुर्योदय नगरपालिका नगर प्रमुख रणबहादुर राईले शनिबार एक कार्यक्रमबीच जीपलाइन चढेर उद्धघाटन गरे । उक्त कार्यक्रममा बोल्दै राईले कन्यामको पर्यटन विकाासम यस्ता साहसिक पर्यटनले थप उचाइँमा पुग्ने धारणा व्यक्त गरे ।

फरक अनुभूति समय र पर्यटकको रोजाईअनुसार इलामको अर्गानिक खाना, इलामको परिकारसँगै स्वास्थ्य र साहसिक पर्यटन क्षेत्रमा थप छलाङ मारेको छ । पर्यटन क्षेत्रमा समय अनुसारको सुविधा,आधुनिकता,फरक सोचका साथ प्राकृतिक मनोरम सगै चियाको हरियाली दृश्यहरु आनन्द लिन सकिने कम्पनीका प्रबन्ध निर्देशक अर्जुन खरेलले जानकारी गराए ।

कोरोना महामारीबीचमा सुरु भएको व्यवसाय इलाममा फरक प्रकृतिको भएकोले ढुक्क साथ पारिवारिक वातावरणमा बिताउन सकिने खरेलले बताए । स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरी आधुनिक प्राविधि सामग्रीमार्फत निर्माण गरिएको जीपलाइनको शान्त, हरियाली, पारिवारिक वातावरणमा आनन्द लिन सकिने निर्देशक खरेलको भनाइ छ।

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ