भक्तपुर नगरपालिकाद्वारा कोभिड संक्रमितलाई स्वास्थ्य परामर्श

काठमाडौं । भक्तपुर नगरपालिकाले होम आइसोलेसनमा बसेका कोभिड-१९ संक्रमितलाई स्वास्थ्य परामर्श दिन थालेको छ ।
नगरपालिकाले कोभिड-१९ संक्रमितलाई स्वास्थ्य परामर्श प्रदान गर्न डा. अमर प्रजापति र डा. विभेद न्यौपानेलाई खटाएको छ ।
नगरपालिकाले निकालेको स्वास्थ्य परामर्श सम्बन्धी सूचनामा विश्वव्यापी महामारीको रुपमा नयाँ भेरियन्ट अमिक्रोनसहित फैलिरहेको कोभिड-१९ रोगको संक्रमण तीव्र रुपमा बढिरहेको वर्तमान विषम परिस्थितिमा उक्त रोगबाट संक्रमित भई यसको रोकथाम र नियन्त्रणको लागि घरमै एकातवास( आइसोलेसन) मा बस्नुभएका बिरामीहरुलाई कुनै स्वास्थ्य समस्या भएमा आवश्यक स्वास्थ्य परामर्शका लागि चिकित्सकद्वय प्रजापति र न्यौपानेलाई सम्पर्क गर्न भनेको छ ।
ट्याग : ## कोभिड-१९ संक्रमित, #डा. अमर प्रजापति, #डा. विभेद न्यौपाने, #भक्तपुर नगरपालिका, #स्वास्थ्य सम्बन्धी परामर्श
तपाईको प्रतिक्रिया दिनुहोस