भेटेरिनरी एसोसिएसनले लोकसेवा आयोगलाई दियो आन्दोलनको चेतावनी


काठमाडौं । नेपाल भेटेरिनरी एसोसिएसनले बागमती प्रदेश लोकसेवा आयोगलाई आन्दोलनको चेतावनी दिएको छ ।  विज्ञापनअनुसारको पदहरुलाई कम्तिमा सातौं तह कायम गरी योग्यता सच्चाउन अपिल गर्दै एसोसिएसनले विज्ञप्तिमार्फत आन्दोलनको चेतावनी दिएको हो ।

बागमती प्रदेश लोकसेवा आयोगले पशु चिकित्सक अधिकृतका लागि खुलाएको विज्ञापनप्रति आपत्ति जनाउँदै पशु चिकित्सक अधिकृतका लागि खुलाएको विज्ञापनप्रति नेपाल भेटेरिनरी एशोसिएसनले विज्ञापन अनुसारको पदहरुलाई कम्तिमा सातौं तह कायम गरी योग्यता सच्चाउन आयोगलाई आग्रह गरेको हो ।
अन्यथा लोकसेवा आयोग र नेपाल सरकार बिरुद्ध कडा भन्दा कडा सङघर्षका कार्यक्रमहरु लिएर आउन बाध्य हुने एसोसिएसनको चेतावनी छ । उक्त सङघर्ष बाट सिर्जित कठिनाइको जिम्मेवारी पनि बागमती प्रदेश लोकसेवा आयोग र नेपाल सरकारकै हुने एसोसिएसनले विज्ञप्तिमार्फत भनेको छ ।

लोक सेवा आयोग हेटौंडाले यही माघ १० गते प्रदेशका विभिन्न ७ वटा स्थानीय तहमा स्थायी पदपूर्तीको लागि नेपाल कृषि सेवा, भेटेरिनरी समूह ‘पशु चिकित्सक’ अधिकृत छैठौं तहको विज्ञापन खुलाएको थियो ।

सर्वोच्च अदालतमा मुद्दा परेको र उक्त मुद्दा अदालतमा विचाराधिन अवस्थामा रहेको स्मरण गराउँदै एशोसिएसनले आयोगले पुनः समान प्रकृतिको विज्ञापन प्रकाशित गरी त्यस्तो गरिमामय निकायबाट पटक–पटक पशु चिकित्सा व्यवसायको मर्यादामा आँच पु¥याउने कार्य गरेको समेत आरोप लगाएको छ ।

क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : ## लोकसेवा आयोग, #आन्दोलन, #भेटेरिनरी एसोसिएसन

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ