अब आँखाको उपचार गर्न कर्णाली प्रदेश अस्पतालमै सकिने


काठमाडौं । आँखाको उपचार गर्न कर्णाली प्रदेश अस्पतालमै सकिने भएको छ । कर्णालीको सुर्खेतमा गतिलो र सुविधायुक्त आँखा उपचार गर्ने स्वास्थ्य संस्था नहुँदा बाहिर विभिन्न ठाउँमा धाउनुपर्ने बाध्यता थियो । अब भने कर्णाली प्रदेश अस्पतालमै आँखाको उपचार  हुने भएको हो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको कर्णाली प्रदेश अस्पतालमा आँखा जाँच गर्दै उपचार सेवा सुरु गरेका छन् । उनले प्रदेश अस्पताललाई सबै रोगको उपचार गर्न सक्ने हैसियतमा पुर्‍याउन प्रदेश सरकार सकारात्मक रहेको प्रतिक्रिया दिए । कर्णाली प्रदेश अस्पताल हर प्रकारको रोगको उपचारमा सक्षम बन्दै जाने मुख्यमन्त्री शाहीले विश्वास व्यक्त गरे ।

२० लाख लागतमा कर्णाली प्रदेश अस्पतालले आँखा विभाग स्थापना गरी उपचार सेवा सुरु गरेको छ । अस्पतालले प्रदेश सरकारसँग आँखा उपचारका लागि स्वास्थ्य उपकरणलगायतका आवश्यक सामान खरिद गर्न बजेट समेत माग गरेको छ ।

अस्पतालका निर्देशक डा. डम्बर खड्काले आँखाको शल्यक्रिया सेवा सुचारू गर्न लागिएको जानकारी गराउँदै प्रदेश सरकारसँग आवश्यक सहयोगको अपेक्षा समेत राखेका छन् ।

क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : #आँखा विभाग, #कर्णाली प्रदेश अस्पताल, #निर्देशक डम्बर खड्का, #मुख्यमन्त्री जीवनबहादुर शाही

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ