पर्यटनमन्त्री साथमा लिएर खोप कार्यक्रम अनुगमनमा पुगे प्रकाशमान

काठमाडौं । कांग्रेस नेता प्रकाशमान सिंह बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठलाई लिएर काठमाडौंका विभिन्न खोप केन्द्रमा पुगेका छन् ।
आफ्नो निर्वाचन क्षेत्रमा सञ्चालन भइरहेका कोभिड-१९ विरुद्धको खोप कार्यक्रममा सबैलाई उपस्थित गराउने उद्देश्यले पर्यटनमन्त्री श्रेष्ठलाई साथमा लिएर विभिन्न खोप केन्द्रको अनुगमनमा पुगेका हुन् ।
काठमाडौं महानगरपालिका वडा नम्बर १० का विभिन्न विद्यालयमा सञ्चालन भइरहेको खोप कार्यक्रमलाई प्रभावकारी बनाउन कांग्रेस नेता सिंह आफैं फिल्डमा खटिएका हुन् ।
आज आफ्नो निर्वाचन क्षेत्रमा भएका खोप कार्यक्रमको निरीक्षण गर्ने क्रममा नेता सिंहले स्थानीय तहको निर्वाचनका लागि आयोगले प्रस्ताव गरेेको मितिकाआधारमा सरकारले स्थानीय तहको चुनावको मिति निर्धारण गर्दा राम्रो हुने धारणा राखेका छन् ।
ट्याग : ## दीपेन्द्र श्रेष्ठ, ##कोभिड-१९ विरुद्धको खोप, #कांग्रेस नेता, #खोप केन्द्र अनुगमन, #प्रकाशन सिंह, #बागमती प्रदेश, #संस्कृति तथा पर्यटनमन्त्री
तपाईको प्रतिक्रिया दिनुहोस