ओमिक्रोनको सब भेरिएन्टले नेपालमा आतंक मच्चाउला ?


काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएच)ले ओलिक्रोनको सब भेरिएन्ट नेपालमा लगायतका विभिन्न देशमा फैलिरहेको जनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमकाअनुसार कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को ‘सब भेरियन्ट’ नेपाललगायत विभिन्न देशहरुमा सक्रिय बन्न थालेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का एक अधिकारीले जनाएका छन्।  तीव्ररुपमा संक्रमण फैलिने ‘ओमिक्रोन’ भेरियन्टको सहायक भाइरस ‘बीए.२’ फैलिरहेको जनाएका हुन्। ‘बीए.२’ ओमिक्रोन (बीए.१) जतिकै गम्भीर रहेको डब्ल्यूएचओको ती अधिकारीको दाबी छ ।

डब्लुएचओको कोभिड-१९ रेस्पोन्स टिमका डा. बोरिस पाभलिनले खोपले ओमिक्रोनको विभिन्न स्वरुपमा पनि समान सुरक्षा प्रदान गर्ने बताए। रोयटर्समा लेखिएको समाचारमा पाभालिनलाई उद्धृत गर्दै भनिएको छ, ‘ओमिक्रोनको ‘सब भेरियन्ट’ (सहप्रजाति) बीए.२ नेपालसहित कतार, भारत, फिलिपिन्स र डेनमार्कमा सक्रिय बन्न थालेको छ।

ओमिक्रोनको सब भेरिएन्ट बीए.२ ले तीव्र रुपमा फैलिरहेको पाइएकाले नेपालमा पनि यसले आतंक मच्चाउने सम्भावना छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ