काठमाडौंमा बालबालिकालाई २४ गतेदेखि फाइजर खोप दिइने


काठमाडौं । काठमाडौं महानगरपालिकाले १२ देखि १७ वर्षका बालबालिकालाई कोभिड-१९ विरुद्धको फाइजर खोप दिने भएको छ ।

काठमाडौं महानगरपालिकाले एक सूचना निकालेर माघ २४ गतेदेखि महानगरपालिकाभित्रका सबै वडामा बालबालिका लक्षित कोभिड-१९ विरुद्धको फाइजर दोस्रो मात्रा खोप दिने जनाएको छ ।

१२ देखि १७ वर्ष उमेश समूहकालाई फाइजरको पहिलो मात्रा खोप लगाएको २१ दिन पूरा भएकाले खोप कार्ड लिएर दोस्रो मात्रा खोप लगाउन आउन महानगरपालिकाले उक्त सूचनामार्फत जानकारी गराएको छ ।

सम्बन्धित वडामा रहेको विद्यालयस्थित खोप केन्द्रमा गएर खोप लगाउन सकिने महानगरपालिका जनाएको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ