देवदह मेडिकल कलेजकाे ठगी: अनुमतिबिना पीसीआर परीक्षण

काठमाडौं । देवदह मेडिकल कलेजले गैरकानुनी रुपमा आरटी- पीसीआर परीक्षण गरेर नागरिक ठगिरहेकाे स्वास्थ्य लाइभले फेला पारेकाे छ । “सरकारी रेटमा पिसिआर परीक्षण गरेका छाैं, “एक कर्मचारीले भने, तर सरकारले अनुमति दिएकाे छैन ।”
ल्याबमा कार्यरत ती कर्मचारीकाे भनाइलाई आधार मान्दा राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालाले अवैध रुपमै परीक्षण गर्न माैखिक सहमति दिएकाे हाे ।
विदेश जानेहरुकाे परीक्षण भने उनीरुले नगरेकाे स्वास्थ्य लाइभले फेला पारेकाे छ । तर, स्वदेशमा रहेका नागरिकको भने दैनिक सयाैंकाे संख्यामा पीसीआर गरिरहेकाे पाइएकाे छ । स्वास्थ्य क्षेत्रमा आवद्ध भएका अधिकारीहरु पछिल्लाे समय नियम कानुनअनुसार कुनै काम गर्न छाडेका छन् ।
मन्त्रीलय विभागका अधिकारीहरु कमिसन पाए घरमै फाइल लगेर पनि काम गर्ने तर, नपाएकाे खण्डमा कानुनअनुसार भएपनि नगर्ने परिपाटी विकास भएकाे छ । यसकाे फाइदा विभिन्न क्षेत्रका माफियाहरुले उठाउँदै आएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस