कोरोनाले सिथिल बनेको ढुकुटी चुनावले थलिदै, ५० अर्ब स्वाहा !
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)ले सिथिल बनेको राज्यको ढुकुटी चुनावले थला पार्ने अवस्था आएको छ । कोभिड-१९ रोकथाम नियन्त्रण तथा उपचारमा राज्यको ढुकुटीबाट अर्बौ रुपैयाँ खर्च भइसकेको छ । अब तीनै तहको निर्वाचन गर्न ५० अर्ब खर्च हुने अनुमान गरिएको छ ।
अर्थमन्त्री जनार्दन शर्माकाअनुसार स्थानीय तहको चुनावमा निर्वाचन आयोगले मात्र १२ अर्ब मागेको छ । त्यो भनेको सुरक्षा लगायत अन्य खर्च जोडेर मागिएको पैसा होइन । चुनावी वर्ष २०७९ मा स्थानीय तह, प्रदेश र संघ तीनै तहको चुनावका लागि ५० अर्ब राज्यको ढुकुटीबाट खर्च गर्नुपर्ने माग आएको अर्थमन्त्री शर्माको भनाइ छ ।
कोरोनाका कारण सिथिल बनेको राज्यको ढुकुटी चुनावमा थला पर्ने अवस्थामा पुग्नुले मुलुक गम्भीर आर्थिक संकटमा पर्ने तरखरमा रहेको पाइन्छ । अर्थ मन्त्रालयले स्थानीय तहको निर्वाचन प्रयोजनका लागि १० अर्ब व्यवस्थापन गरिसकेको छ । १५ देखि २० अर्ब स्थानीय तहकै चुनावमा स्वाहा हुने देखिन्छ ।
क्याटेगोरी : प्रदेश, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस