ओमिक्रोनले बन्द भएका स्कूलदेखि अदालतसम्म खुल्ने

काठमाडौं । कोभिड-१९ को नयाँ भेरिएन्ट ओमिक्रोनका कारण बन्द भएका स्कूल ( विद्यालय)देखि अदालतसम्म पूर्ण रुपले खुल्न लागेका छन् ।
आजदेखि ओमिक्रोनका कारण बन्द भएका स्कूल, कलेज, ट्युसन सेन्टरसहित सबै गतिविधि सञ्चालनमा आउने भएको हुन् । कोभिड संक्रमण बढेपछि सर्वोच्च अदालतसहित देशभरमा अदालतमा भएकाे सेवा कटौती पनि आजदेखि समाप्त भएको छ । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले आजदेखि सर्वोच्च अदालतसहित देशभरका अदालतम नियमित सेवा सञ्चालन हुने जानकारी दिए ।
ओमिक्रोका कारण बन्द भएका अन्य सेवाहरू पनि बिस्तारै सुचारु भएर मुलुक ‘न्यू नर्मल’ अवस्थामा फर्कदैछ ।
क्याटेगोरी : समाचारट्याग : #कोभिड-१९ ओमिक्रोन, #सर्वाेच्च अदालत, #स्कूल
तपाईको प्रतिक्रिया दिनुहोस